हाम्रो पात्रो रेमिटको ‘सेन्ड लोकल, सपोर्ट लोकल’ अभियान शुभारम्भ

हाम्रो पात्रो रेमिटको ‘सेन्ड लोकल, सपोर्ट लोकल’ अभियान शुभारम्भ

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म हाम्रो पात्रोले आफ्नो रेमिट्यान्स सेवामार्फत सामाजिक उत्तरदायित्व कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले “सेन्ड लोकल, सपोर्ट लोकल” भन्ने नाराका साथ अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाबाट नेपालमा पैसा पठाउँदा लाग्ने सेवा शुल्कको एक हिस्सा देशभरका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगमा खर्च गर्ने अभियान थालेको हो ।

अभियानको पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगा चोक गढी नगरपालिका–स्थित श्री बाङबा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई स्कूल ब्याग, पेन्सिल र कापीहरू प्रदान गरियो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले उत्साहजनक स्वागत गरेका थिए । विद्यालयकी प्रधानाध्यापक निर्मला श्रेष्ठले सहयोग प्राप्त गर्दै यो उदार पहलप्रति कृतज्ञता व्यक्त गरे ।“टाढाबाट पनि विद्यार्थीहरूको भविष्यप्रति चिन्ता र माया राखिएको अनुभूति भएको छ,” प्रधानाध्यापक श्रेष्ठले भने “यस्ता कार्यक्रमले साना बालबालिकामा आशा र उत्साह जगाएको छ । आगामी दिनमा पनि यस्ता सहयोगको निरन्तरता रहोस् भन्ने हाम्रो अपेक्षा छ ।”

हाम्रो पात्रो रेमिटले यस अभियानबाट विपन्न तथा प्रतिभावान विद्यार्थीहरूको शैक्षिक वातावरणमा प्रत्यक्ष सुधार ल्याउने विश्वास लिएको छ । कम्पनीको फिनटेक अपरेसन निर्देशक सुदिना गौतमले भने, “प्रयोगकर्ताले गर्ने हरेक रेमिट्यान्स कारोबारले आफ्नो परिवारलाई मात्र होइन, समुदायलाई पनि फाइदा पु¥याउँछ । यो अभियान हाम्रा प्रयोगकर्ताहरूप्रति हाम्रो धन्यवादको माध्यम पनि हो ।”

गौतमले आगामी दिनमा देशका अन्य दुर्गम तथा आवश्यकतामा आधारित विद्यालयहरूमा पनि अभियान विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

हाल हाम्रो पात्रो रेमिटले अमेरिका र अस्ट्रेलियाबाट नेपालमा सरल, सुरक्षित र द्रुत डिजिटल माध्यमबाट रकम पठाउने सुविधा उपलब्ध गराउँदै आएको छ ।

Skip This
Skip This
Logo