ओमोडाको नयाँ इलेक्ट्रिक अवतार ‘ओमोडा ई-५ प्रो’ नेपाल भित्रिँदै

ओमोडाको नयाँ इलेक्ट्रिक अवतार ‘ओमोडा ई-५ प्रो’ नेपाल भित्रिँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली सडकमा छोटो समयमै छुट्टै पहिचान बनाउन सफल विद्युतीय गाडी ‘ओमोडा’को नयाँ संस्करण नेपाल भित्रिने भएको छ। ओमोडाको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले हाल बजारमा उपलब्ध ओमोडा ई-५ को परिष्कृत मोडेल ‘ओमोडा ई-५ प्रो’ नेपाल ल्याउने तयारी गरेको हो।

नेपालमा रिडारा र बीवाईडी जस्ता ब्रान्डको बढ्दो प्रतिस्पर्धाका बीच ओमोडाले आफ्नो प्रिमियम फिचर र प्रविधिलाई थप परिष्कृत गर्दै ‘प्रो’ संस्करण सार्वजनिक गर्न लागेको हो। यसअघि ओमोडा ई-५ ले नेपाली उपभोक्तामाझ राम्रो प्रभाव पारिसकेको छ।

नयाँ ओमोडा ई-५ प्रोमा अत्याधुनिक प्रविधि र सुविधाहरू थप गरिएका छन्। यसमा सुरक्षाका लागि एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टमका साथै ३६० डिग्री क्यामेरा, प्रिमियम साउन्ड सिस्टम र उच्च गुणस्तरको इन्टेरियर रहने कम्पनीले जनाएको छ। ५० किलोवाट आवर भन्दा माथिको ब्याट्री क्षमता रहने अनुमान गरिएको यस गाडीले एक पटकको फुल चार्जमा ४०० किलोमिटर भन्दा बढीको रेन्ज प्रदान गर्नेछ।

विशेष गरी १८० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र नेपाली सडक सुहाउँदो ‘सस्पेन्सन’ प्रणाली यसका प्रमुख आकर्षण हुन्। कम्पनीका अनुसार यो गाडीमा १८ इन्चको एलोय ह्विल, ५० वाटको वायरलेस चार्जिङ र पछाडि बस्ने यात्रुको सुविधाका लागि पर्याप्त ‘लेग स्पेस’ उपलब्ध छ।

हाल नेपालमा ओमोडा ई-५ को माग उच्च रहेको अवस्थामा ‘प्रो’ भर्सनको आगमनले प्रिमियम इलेक्ट्रिक एसयूभी खोज्ने ग्राहकलाई थप विकल्प दिने देखिन्छ।

Logo