बिर्तामोडमा प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’को सोरुम उद्घाटन, ८ वर्षको वारेन्टी र विशेष अफर

बिर्तामोडमा प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’को सोरुम उद्घाटन, ८ वर्षको वारेन्टी र विशेष अफर

केन्द्रबिन्दु
12
Shares

बिर्तामोड । नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले झापाको बिर्तामोडमा आफ्नो नयाँ ‘एक्सपेरियन्स सेन्टर’ (शोरुम) सञ्चालनमा ल्याएको छ। नेपालका लागि एथरको आधिकारिक बिक्रेता बैद्यज अर्गनाइजेसन अन्तर्गतको भुर्तेल इनर्जी प्रालिको डिलर व्यवस्थापनमा उक्त केन्द्रको भव्य उद्घाटन गरिएको हो।

यस नयाँ केन्द्रको स्थापनासँगै एथरले देशभर आफ्नो उपस्थितिलाई ११ वटा एक्सपेरियन्स सेन्टर र १० वटा आधिकारिक सर्भिस सेन्टरसम्म पुर्‍याएको छ। बिर्तामोडका ग्राहकहरूले अब एथरका स्कुटरहरूको लाइभ डिस्प्ले, टेस्ट राइड, स्मार्ट फिचरको जानकारीका साथै सहज एक्सचेन्ज र फाइनान्स सुविधा एकै छानामुनिबाट प्राप्त गर्न सक्नेछन्।

बिर्तामोडस्थित नयाँ सोरुममा एथरको चर्चित ‘४५० सिरिज’ र भर्खरै सार्वजनिक भएको फेमिली स्कुटर ‘रिज्टा’ उपलब्ध हुनेछन्। ४५० सिरिज विशेषगरी उच्च गति र स्मार्ट प्रविधि चाहने युवा पुस्ताका लागि डिजाइन गरिएको छ, जसमा गुगल म्याप आधारित नेभिगेसन, अटो होल्ड, फल सेफ र रिभर्स मोड जस्ता अत्याधुनिक सुविधाहरू छन्।

त्यस्तै, ‘रिज्टा’ मोडल आधुनिक परिवारलाई केन्द्रमा राखेर निर्माण गरिएको छ। यसमा ठूलो सिट, धेरै स्टोरेज क्षमता, ट्र्याक्सन कन्ट्रोल र ड्यासबोर्डमा ह्वाट्सएप नोटिफिकेसन हेर्न मिल्ने जस्ता सुविधा छन्। एथरले आफ्ना ग्राहकलाई ढुक्क बनाउन दुईपांग्रे ईभी क्षेत्रमै सबैभन्दा लामो ८ वर्षको ब्याट्री वारेन्टी समेत प्रदान गर्दै आएको छ।

एथरले नेपालमा विद्युतीय सवारीको इकोसिस्टम मजबुत बनाउन ४० भन्दा बढी स्थानमा ‘एथर ग्रिड’ फास्ट चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ। प्रदेश १ का राइडरहरूका लागि बिर्तामोडको ‘थ्री डिग्री क्याफे’, धरान र इटहरीमा फास्ट चार्जिङ सेवा उपलब्ध छ। कम्पनीले आगामी दिनमा प्रमुख राजमार्ग र शहरहरूमा थप चार्जिङ स्टेसनहरू थप्ने योजना बनाएको छ।

नयाँ सोरुम उद्घाटनको अवसरमा एथरले बिर्तामोडका ग्राहकहरूका लागि सीमित अवधिका लागि विशेष आकर्षक अफरहरू सार्वजनिक गरेको छ। आगामी जेठ १७ गतेसम्म स्कुटर खरिद गर्ने ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, थप एक्सचेन्ज भ्यालुएसन र विस्तारित ब्याट्री वारेन्टी प्राप्त गर्न सक्नेछन्।

Logo