यशोधा फुड्सकाे करेन्ट चाउचाउ खान योग्य

यशोधा फुड्सकाे करेन्ट चाउचाउ खान योग्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यशोधा फुड्स प्रा.लि ले उत्पादन मिती तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए निश्चित ब्याच बाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ ।

एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ ।

‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

Logo