काठमाडौं,२७,मंशिर
गहुँबाली तथा आलु लगाउने समयमा डीएपी रासायनिक मलको अभाव खेपेका किसानले युरिया मलको पनि समस्या भोग्ने संकेत देखिएको छ । "/>

भारतीय कम्पनीद्वारा नेपाललाई युरिया मल दिन आनाकानी

भारतीय कम्पनीद्वारा नेपाललाई युरिया मल दिन आनाकानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
गहुँबाली तथा आलु लगाउने समयमा डीएपी रासायनिक मलको अभाव खेपेका किसानले युरिया मलको पनि समस्या भोग्ने संकेत देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले भारतको मल सप्लायर कम्पनी आईपीएलसँग एक लाख मेट्रिक टन मल खरिदको लागि टेण्डर प्रक्रिया अपनाए पनि विश्व बजारमा युरियाको मूल्यवृद्धि हुँदा उक्त कम्पनीले नेपालमा मल पठाउन आनाकानी गरिरहेको पाइएको हो ।

मंसिरको सुरुमा उक्त सप्लायर कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल नेपाल भित्र्याइ सक्ने सम्झौता भए पनि अहिले सम्म मल आउने कुनै छाँट देखिएको छैन । गत वैशाखमा कृषि सामग्री कम्पनी र आईपीएल बीच प्रतिमेट्रिक टन दुई सय ८८ अमेरिकी डलरमा नेपाल ल्याउने सम्झौता भए पनि हाल विश्वबजारमा उक्त मलको मूल्य प्रतिमेट्रिक टन तीन सय ९० पुगि सकेको छ । मूल्यवृद्धि पछि युरिया मल पठाउन विभिन्न बहाना बनाइरहेको थाहा भएको हो । कृषि मन्त्रालयका कृषि सामग्री व्यवस्थापन शाखाका प्रमुख ईश्वरी पाण्डेका अनुसार भारतीय सप्लायर कम्पनीले नेपालमा मल दिने सम्झौता नाघि सक्दा पनि मल दिन सकेको छैन । त्यसको प्रमुख कारण विश्व बजारको मूल्यवृद्धि नै हो । नेपालमा युरिया मलको माग भइसकेको छ । अहिले सरकारसँग मौज्दात पनि ज्यादै न्यून रहेको अवस्थामा नेपाली बजारमा केही समयमा युरियाको हाहाकार हुने सम्भावना रहेको उनको भनार्इ छ ।
आर्थिक दैनिकबाट

Logo