नेप्सेमा सामान्य सुधार, साढे ४ अर्ब बढीको कारोबार

नेप्सेमा सामान्य सुधार, साढे ४ अर्ब बढीको कारोबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम कारोबार दिन सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक १.६३ अङ्क (०.०६ प्रतिशत) ले बढेर २,७०२.११ को विन्दुमा बन्द भएको छ । बजार सुरुवाती समयमा केही ओरालो लागे पनि अन्तिम समयमा सम्हालिँदै हरियो संकेतमा बन्द हुन सफल भएको हो ।

आज बजारमा कारोबार रकम र परिमाण दुवै उत्साहजनक रहेको देखिन्छ । दिनभरिमा ३५३ वटा स्क्रिप्स (कम्पनी तथा ऋणपत्र) को कुल ६१,१७० पटकको कारोबारबाट १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसबाट कुल कारोबार रकम ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँ १६ पैसा पुगेको छ । यससँगै कुल बजार पूँजीकरण ४६ खर्ब १७ अअर्ब ९ करोड ४१ लाख ७४ हजार ८५ रुपैयाँ २० पैसा कायम भएको छ ।

आजको कारोबारमा ११६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज सबैभन्दा धेरै कमाउने कम्पनीहरूमा ‘एपीएचएल’ अग्रस्थानमा रह्यो, जसको सेयर मूल्य १४.९९ प्रतिशत (११९.४० अङ्क) ले बढेर प्रतिसेयर ९१६ रुपैयाँ पुगेको छ । त्यस्तै ‘एसओपिएल’ को सेयर मूल्य १४.०२ प्रतिशत र ‘एसएमबी’ को मूल्य ९.०८ प्रतिशतले वृद्धि भएको छ ।

Logo