काठमाडौँ । एनसेल ग्राहकहरूले अब एनसेल एपमार्फत बस, हवाई टिकट बुकिङ वा साहसिक गतिविधिहरूमा आकर्षक छुटका साथै विविध लाभहरू प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग एक साझेदारीपत्रमा हस्ताक्षर गरेको गरेको छ ।
यो साझेदारी अन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट प्राप्त गरी बचत गर्न सक्छन् । यसका साथै अब ग्राहकहरुले एनसेल एपबाटै डिजिटल रुपमा यात्रा तथा साहसिक गतिविधिसम्बन्धी विविध सुविधाहरू सहजै प्राप्त गर्न सक्ने भएका छन् ।
यो छुटको सुविधा एनसेल ग्राहकहरूले ट्रिप टर्बोमार्फत यात्राका लागि टिकट लिँदा वा विविध गतिविधिहरूमा आवद्ध हुँदा प्राप्त गर्दछन् । ग्राहकहरुले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधीमा रु ८००० सम्मको छुट प्राप्त गर्न सक्छन् । यसका साथै, ग्राहकहरूले पहिलो पटक आन्तरिक हवाई यात्रामा रु २०० र त्यसपछिका प्रत्येक आन्तरिक उडानमा रु १४० अनि बस टिकट बुकिङमा रु १११ छुट प्राप्त गर्न सक्छन्।
यी विशेष छुटहरुको लाभ एनसेल एपको पार्टनर्ड सर्भिसेज भित्र रहेको ट्रिप टर्बो सेक्सनमा गएर प्राप्त गर्न सकिन्छ । यो सेक्सनले ग्राहकहरूलाई यात्रा, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरूमा सहभागिताका लागि तयारी गर्दा सजिलै छुटहरू खोज्न र प्रयोग गर्न मद्दत गर्दछ ।
साझेदारीबारे प्रतिक्रिया दिँदै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हामी कनेक्टिभिटी मात्र नभएर यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरुलाई नजिक ल्याउँदै ग्राहकहरूलाई त्यसको लाभ दिन प्रतिबद्ध छौं । ट्रिप टर्बोसँगको हाम्रो साझेदारीले यो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । एनसेल एप मार्फत ग्राहकहरूले अब यात्रा र विविध गतिविधिहरूमा बचत गर्न सक्छन्, जसले उनीहरूको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउँछ।”
यो सहकार्य एनसेलको डिजिटल लाइफस्टाइल पार्टनरका रूपमा अघि बढ्ने यात्राको अर्को महत्त्वपूर्ण कदम हो। एनसेल एपको इकोसिस्टममा नवीन सेवा र विश्वसनीय पार्टनर अफरहरू एकीकृत गर्दै कम्पनीले ग्राहकहरूको अनुभवलाई निरन्तर रूपमा थप परिष्कृत गर्दै परम्परागत दूरसञ्चार सेवाभन्दा फरक लाभहरू प्रदान गरिरहेको छ।
ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटेल, होलिडे प्याकेज र ग्राहकले चाहे बमोजिम तयार पारिएका सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया