जी.ओ. अटोमोबाइल्स र जेएसडब्लू एमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य कति ?

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लू एमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । जेएसडब्लू एमजी मोटर इन्डिया र नेपालका आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि (गोल्छा अर्गनाइजेशन) ले नेपालमा नयाँ विद्युतीय सवारी एमजी कम्युट ईभी सार्वजनिक गरेका छन् ।

कम्पनीले यसलाई ‘स्वर्णिम अवसर’को अवधारणासहित नेपाली बजारमा ल्याएको हो । शुरूआती मूल्य ३४ लाख ९९ हजार निर्धारण गरिएको यो १०० किलोवाट क्षमताको ठूलो क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) परिवार, होटल, रिसोर्ट, ट्राभल सेवा तथा कर्पोरेट फ्लीटका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘स्वर्णिम अवसर भनेको अहिलेको सन्दर्भमा नेपालका लागि कम्युट ईभी नै हो । बजेट संशोधनपछि यो अझ उपयुक्त विकल्प बनेको छ । यो कम मूल्यमा उपलब्ध शक्तिशाली र ठूलो गाडी हो, जसमा अनावश्यक सुविधा थपेर लागत बढाइएको छैन । आराम, पर्याप्त स्थान र समयलाई प्राथमिकता दिने ग्राहकका लागि यो उत्कृष्ट विकल्प हो ।’

उनका अनुसार गाडीमा पर्याप्त लगेज स्पेस र लेगरुम, आरामदायी सिट तथा सहज र किफायती स्पेयर पार्ट्स उपलब्ध गराइएको छ ।

एमजीको विद्युतीय प्लेटफर्ममा आधारित कम्युट ईभीले एक पटकको पूर्ण चार्जमा ३३२ किलोमिटरसम्म (एमआईडीसी प्रमाणित) यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । यसमा १०० किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ । सवारीको भित्री संरचना यात्रु केन्द्रित बनाइएको छ । यसमा १३५ डिग्रीसम्म झुकाउन मिल्ने सिट, बहु-यात्रु यात्रालाई सहज बनाउने फ्ल्याट लेआउट तथा ६०४ लिटर क्षमताको फराकिलो लगेज स्पेस उपलब्ध छ ।

कम्पनीका अनुसार यो सवारी व्यक्तिगत प्रयोगभन्दा बढी होटल ट्रान्सफर, विमानस्थल पिकअप तथा कर्मचारी आवतजावतलाई लक्षित गरी विकास गरिएको हो ।

Logo