एलजीले ‘एसेन्सियल सिरिज’ हरेक घरको खुशी, घर-घरमा एलजी अभियान प्रमुख सहरमा विस्तार गर्दै

एलजीले ‘एसेन्सियल सिरिज’ हरेक घरको खुशी, घर-घरमा एलजी अभियान प्रमुख सहरमा विस्तार गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंमा सम्पन्न राष्ट्रिय शुभारम्भपछि एलजीले आफ्नो ‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ।

यसअन्तर्गत इटहरी (१५ असार), नारायणघाट (१७ असार), पोखरा (१९ असार), बुटवल (२१ असार) र नेपालगञ्ज (२३ असार) मा विशेष कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजी एसेन्सियल सिरिजका उत्पादनहरू प्रत्यक्ष अनुभव गर्ने, तिनका विशेषताबारे जानकारी प्राप्त गर्ने तथा आफ्ना आवश्यकता अनुरूप उपयुक्त समाधान छनोट गर्ने अवसर पाउनेछन्।

काठमाडौँस्थित विवान्ता होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त नयाँ श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।

यी प्रादेशिक कार्यक्रमहरूका माध्यमबाट स्थानीय उपभोक्ताहरूले एलजी एसेन्सियल सिरिजका नवीनतम उत्पादनहरूलाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन्. यसका साथै उपभोक्ताहरूले उत्पादनका विशेष प्रविधि र सुविधाहरूबारे विस्तृत जानकारी प्राप्त गर्दै आफ्ना आवश्यकता अनुरूपका उपयुक्त उपकरणहरू छनोट गर्ने विशेष अवसर समेत प्राप्त गर्नेछन्।

‘हरेक घरको खुशी, घर-घरमा एलजी’ मूल नारासहित सार्वजनिक गरिएको यस एसेन्सियल सिरिजले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई विशेष ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले आम उपभोक्ताको गुणस्तरीय जीवनशैलीलाई अझ सहज र समृद्ध बनाउने विश्वास कम्पनीले लिएको छ।

नयाँ बजार श्रृंखला अन्तर्गत नेपाली घरपरिवारका लागि विशेष रूपमा विकसित गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन तथा रूम एयर कन्डिसनरहरू उपलब्ध गराइएको छ। नयाँ श्रृंखला अन्तर्गतको एलजी एसेंशियल सिरिज डबल-डोर रेफ्रिजेरेटरमा फ्रस्ट-फ्री प्रविधि प्रयोग गरिएको छ, जसले म्यानुअल रूपमा डिफ्रोस्टिङ गर्नुपर्ने झन्झटलाई पूर्ण रूपमा हटाउँछ।

यसमा रहेको स्मार्ट मोड सुविधाले मौसम अनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता प्रदान गरिएकाले यो नेपाली परिवारहरूको आवश्यकता अनुकूल रहेको छ।

त्यस्तै, नेपालका विविध वातावरणीय अवस्थालाई दृष्टिगत गरी निर्माण गरिएको फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिनमा प्रोशिल्ड मोटर, बीएमसी कभर तथा आईपीएक्स४ प्रमाणित वाटर-रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू समावेश छन्। यसमा प्रयोग गरिएको लो-प्रेशर फिल प्रविधिले पानीको चाप कम भएको अवस्थामा पनि प्रभावकारी रूपमा कपडा धुने कार्य सुनिश्चित गर्दछ। यसैगरी ऊर्जा-दक्ष प्रविधिमा आधारित रूम एयर कन्डिसनरले प्रभावकारी कूलिङ र हिटिङ दुवै सुविधा प्रदान गर्छ।

परम्परागत नन-इन्भर्टर एयर कन्डिसनरको तुलनामा निकै कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री आर३२ रेफ्रिजेरन्ट प्रयोग गरिएको छ र यसको न्यून ध्वनि सञ्चालनले प्रयोगकर्तालाई थप आरामदायी अनुभव दिन्छ।

नेपाली बजारमा यी उत्पादनहरूको बिक्री वितरण सन् २०२६ को जुन महिनादेखि नै सुरु भइसकेको कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलहरूको मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने जानकारी दिइएको छ। यी सबै उत्पादनहरू देशभर रहेका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख इ-कमर्स प्लेटफर्महरू मार्फत सजिलै खरिद गर्न सकिने छ।

Logo