काठमाडौं । साताको पहिलाे कारोबार दिन आज सोमबार धितोपत्र बजार (नेप्से) सूचकमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १६.५४ अंक (०.६२ प्रतिशत) ले घटेर २ हजार ६३२.९६ विन्दुमा बन्द भएको छ।
बजार सूचक घटेसँगै आज कारोबार रकममा पनि केही सुस्ती देखिएको छ। आज दिनभर कुल ३५१ वटा स्क्रिप्सको ४४ हजार ९४२ पटकको कारोबारमा ७६ लाख ९९ हजार २२७ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये कुल २४० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने मात्र २९ वटा कम्पनीको मूल्य बढेको छ। ६ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।
यस दिन ग्लोबल आइएमई बैंकको सबैभन्दा बढी ८ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, सोल्टी होटल ८ करोड ८० लाख र एनआरएन इन्फ्रास्ट्रक्चर ८ करोड ७० लाख रुपैयाँसहित सर्वाधिक कारोबार हुने मुख्य कम्पनीहरूको अग्रस्थानमा रहेका छन्। बजार ओरालो लागे पनि टियुटीयू पाथीभरा हाइड्रोपावर, युनाइटेड मोदी र सिंगटी हाइड्रोलगायतका कम्पनीका सेयरधनीहरूले झन्डै १५ प्रतिशत कमाउँदै शीर्ष नाफा कमाउनेको सूचीमा पर्न सफल भएका छन्।































प्रतिक्रिया