पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ टी२ आई–डीएम एसयूभीले छोटो समयमै उल्लेखनीय बजार प्रतिक्रिया पाएको छ।

बुकिङ खुलाएको केही दिनमै उक्त मोडलका १,००० भन्दा बढी बुकिङ दर्ता भएको कम्पनीले जनाएको छ। प्लग–इन हाइब्रिड (पीएचईभी) प्रविधि, आकर्षक एसयूभी डिजाइन र प्रिमियम सुविधाका कारण टी२ आई–डीएमप्रति ग्राहकको उल्लेखनीय आकर्षण देखिएको हो।

यस उपलब्धिले दक्षिण एसियामा आधुनिक तथा प्रविधिमैत्री एसयूभीप्रतिको बढ्दो मागलाई उजागर गरेको छ। साथै, आकर्षक डिजाइन र उत्कृष्ट अफ–रोड क्षमताका कारण परिचित जेटुरले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै गएको कम्पनीको दाबी छ।

पाकिस्तानमा टी२ आई–डीएमले प्राप्त गरेको प्रारम्भिक सफलता जेटुरको दक्षिण एसियाली बजार विस्तार रणनीतिका लागि पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Logo