महिला उद्यमशीलता प्रवर्द्धन गर्न ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा

महिला उद्यमशीलता प्रवर्द्धन गर्न ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ सञ्चालनमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ ।

महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।

यस प्रणालीले परम्परागत बैंकिङ्ग अभ्यास जस्तै धितोलाई मात्र प्रमुख आधार नबनाई व्यवसायको प्रकृति, सञ्चालन अनुभव, वित्तीय अवस्था, नगद प्रवाह तथा उद्यमीको क्षमता लगायतका पक्षहरूको समग्र विश्लेषण गर्दछ । यस व्यवस्थाले धितो अभावकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्ने बैंकले विश्वास लिएको छ ।

Logo