एघार महिनामा २१ बर्ख २० अर्ब रेमिट्यान्स भित्रियो

एघार महिनामा २१ बर्ख २० अर्ब रेमिट्यान्स भित्रियो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिना (साउन–जेठसम्म)मा मुलुकमा रेट्यिान्समार्फत २१ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको जेठसँगको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

गत वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह १५.६ प्रतिशतले बढेको थियो । मासिक रुपमा हेर्दा जेठ २०८३ मा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको छ । जेठ २०८२ मा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । ‘समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकले भनेको छ ।

गएको एघार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ६७ हजार २ सय ११ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ५५ हजार ७ सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५२ हजार ३२४ र ३ लाख ८ हजार ६७ रहेको थियो ।

Logo