आइएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा

आइएमईका व्यवसायिक साझेदार रारा भ्रमणमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवादाता । काठमाडौं, ६ मंसिर ।

आफ्ना दशजना उत्कृष्ट व्यवसायिक साझेदारलाई आइएमईले सुदूरपश्चिमको मुगुस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३-७४ मा दिइएको व्यवसायिक साझेदारमुखी व्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत उत्कृष्ट दश व्यवसायिक साझेदारलाई छनोट गरिएको थियो ।

मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ भ्रमण गराइएको हो । भ्रमण टोलीको नेतृत्व आइएमईका अधिकृतद्वय ईश्वर अधिकारी र रमेश बुढाथोकीले गरेका थिए ।

स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा पुर्याइरहेको छ ।

Skip This
Logo