मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि

मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार नेप्से परिसूचक ७.२५ अंक बढेर २७२६.४९ विन्दुमा पुग्यो।

आज सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने मंगलबार स्थिर रहेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३४३ स्टकको ७५ हजार १० पटकको कारोबारमा ६ अर्ब ६७ करोड १० लाख १७ हजार रुपैयाँबराबरको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

Logo