साझा यातायातले ल्यायो ‘अशोक लेल्याण्ड’का नयाँ डिलक्स बसहरू

साझा यातायातले ल्यायो ‘अशोक लेल्याण्ड’का नयाँ डिलक्स बसहरू

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ मंसिर ।

नेपालका लागि भारतीय गाडी उत्पादक कम्पनी अशोक ले ल्याण्ड भेइकल्सको आधिकारिक बिक्रेता आइएमई मोर्टस प्रा.लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आइएमई गु्रपको भगिनी संस्था० र साझा यातायात सहकारी संस्था लि. बीच नयाँ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार, साझा यातायातले अशोक ले ल्याण्डका सुविधासम्पन्न डिलक्स बसहरु खरिद गर्ने र नेपाली सडकमा गुडाउने भएको छ ।

सम्झौतापत्रमा साझा यातायातको केन्द्रीय कार्यालय पुल्चोक, ललितपुरमा आइएमई मोर्टस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारी संस्था लि का.मु. प्रमुख कार्यकारी अधिकृत महेन्द« पाण्डेले बिहीबार हस्ताक्षर गरेका हुन् ।

नयाँ बसहरु १८० एचपी भएको इन्जिन, एयर सस्पेन्सन भएको लक्जिरियस बस, इनलाइन एफआइपी, एउटा इन्जिनले एसी र गाडी एकै साथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्नुका साथै हाल बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गर्ने छन् ।

यी नयाँ बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुहरुले अनुभूति गर्न पाउने साझा यातायातले जनाएको छ ।

 

Skip This
Logo