काठमाडौँ, २४ कार्तिक । एनआईसी एशिया बैंकको शाखा आजदेखि थप दुई जिल्लामा विधिवत रुपमा विस्तार भएको छ ।
बैंकको शाखा ओखलढुङ्गा र दार्चुला जिल्लामा विस्तार भएको एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी रोशन कुमार न्यौपानेले बताए । यि दुई जिल्लामा उद्योग बाणिज्य सघंका अध्यक्ष तथा नगरपालिका मेयरद्धारा शाखाको उद्घाटन गरिएको हो ।
दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंस राज भट्टले महाकाली नगरपालिका वडा नं. ४ मा बैंकद्धारा आयोजित कार्यक्रममा शाखाको उद्घाटन गरेका हुन् । त्यसैगरि ओखलढुङ्गा उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले सिद्घिचरण नगरपालिका वडा नं १२ मा बैंकद्धारा आयोजित कार्यक्रममा शाखाको उद्घाटन गरेका हुन् ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य जिल्लाहरुमा पनि चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको बैंकका सहायक प्रमुख कार्यकारी न्यौपानेले बताए । उनले शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक रहेको दाबी समेत गरेको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ ।



























प्रतिक्रिया