काठमाडौँ, ९, कात्तिक
लामो समय देखि चर्चामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार कार्य अगाडि बढाइने भएको छ । इन्डियन आयल कर्पोरेसनले यसका लागि आवश्यक पर्ने सबै काम अन्तिम चरणमा पुरयाएसँगै विस्तार कार्य अगाडि बढ्न लागेको हो । आइओसीले कन्स्ट्रक्सन, पाइप उत्पादन, पम्प हाउस (विद्युतीय सामान) र इन्स्टुमेसन गरी चार खण्ड गरेर काम गरिसकेकाले विस्तारको काम अगाडि बढ्न लागेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
निगमका अनुसार पाइपलाईन बिस्तारको काम अगाडि बढ्न लागेको छ । आइओसीले पनि आफ्नो तर्फबाट सबै तयारीको काम गरिरहेको छ । आगामी नोभेम्बर भित्र पाइप भित्रि सक्ने र विस्तारको काम अगाडि बढ्ने छ । अमलेखगन्ज देखि पथलैया सम्म सडकको बाटोमा १२ हजार वटा रुख काट्नु पर्ने अध्ययनले देखाएको छ । बाटोमा पर्ने ८०९ वटा विजुलीको पोल हटाउनुपर्ने छ । जस मध्ये २ सय वटा हटाइ सकिएको छ । पहिलो चरणमा मोतीहारीबाट रक्सोल सम्म ३५ र रक्सोलबाट अमलेखगन्ज सम्म ३७ गरी ७२ किलोमिटर पाइपलाईन बिच्छ्याइने छ । दोस्रो चरणमा चितवन सम्म विस्तार गर्न आइओसी तयार भएको निगमले जनाएको छ ।
कारोबारबाट































प्रतिक्रिया