काठमाडौँ, १ असोज । भुकुटीमण्डपमा सोमबार सम्पन्न चारदिने ‘सुबिसु क्यान कमटेक २०१७’ को १ लाख १६ हजार ३१८ जनाले अवलोकन गरेका छन् ।
सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले क्यानले भदौ २९ गतेबाट कमटेक प्रदर्शनीको आयोजना गरेको थियो ।
यसपटक आयोजना भएको क्यान कमटेकमा कम्युनिकेशन र सेक्युरिटी टेक्नोलोजीलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो । इन्टरनेट एवं दूरसञ्चार सेवाप्रदायक, इलेक्ट्रोनिक्स सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइटी कलेज तथा तालिम प्रदायक सस्था, पेमेन्ट सोलुसन्सलगायत ९० वटा विभिन्न कम्पनीहरुले स्टल राखेका थिए ।
यसपटक क्यान कमटेकको अवसरमा प्रदर्शनीकर्ता कम्पनीले आफ्ना सेवा र वस्तुको आकर्षक योजनाका साथ उपभोक्तामाझ प्रवद्र्धन गरेको क्यान महासंघका कार्यवाहक अध्यक्ष हेमन्त चौरासियाले बताए । “आइसिटी क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र संस्करणलाई उपभोक्ताले एकै ठाउँबाट जानकारी लिन पाएका छन् । व्यवसायी र उपभोक्तालाई यस कमटेकले जोडेको छ,” उनले भने । रासस































प्रतिक्रिया