पोखरा फाइनान्सको एफपीओ सबैले पाए, कति भर्नेले कति पाए ?

पोखरा फाइनान्सको एफपीओ सबैले पाए, कति भर्नेले कति पाए ?


केन्द्रबिन्दु सम्बाददाता

काठमाडौँ, २९ भदौ । पोखरा फाइनान्सको एफपीओ भर्ने सबैले १० कित्ता पाएका छन् । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालयमा भएको एफपिओ वितरण कार्यक्रममा योग्य आवेदक ४६ हजार ६८३ जना सबै लगानीकर्ताले १० देखि ३१ कित्तासम्म सेयर हात पारेका छन ।

१० कित्तासम्म आवेदेन दिने १४ हजार ९६८ जना सबै आवेदकले १० कित्ता पाएका छन। त्यस्तै २० कित्ताका लागि आबेदन दिएका १० हजार १०६ जना सबैले २० कित्ता पाएका छन। त्यस्तै ३० वा ३० भन्दा बढी कित्ताका लागि आबेदन दिएका २१ हजार ६०९ जना मध्ये १९ हजार ९७० जनाले गोलाप्रथाबाट ३० कित्ता सेयर हात पारेका छन।

त्यस्तै दुई जना ‘भाग्यमानी’ लगानीकर्ताले भने गोलाप्रथाबाट ३१ कित्ता सेयर हात पारेका छन। पोखरा फाइनान्सले गत साउन २९ देखि भदौ १ सम्म एफपीओ बिक्री खुला गरेको थियो। फाइनान्सले १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँमा २१ करोड ६४ लाख रुपैयाँ बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ बिक्री गरेको हो ।

Logo