व्याजदर वढाउने अवस्थामा विकास बैंक

व्याजदर वढाउने अवस्थामा विकास बैंक

केन्द्रबिन्दु
0
Shares

३० असार, काठमाडौं । बाणिज्य बैंक र विकास बैंकको निक्षेपको व्याजदर समान भएकाले बैंकहरुले अझै ब्याजदर बढाउने देखिएको हो ।

बैंकहरुले पछिल्लो समयमा कर्जा योग्य रकमको अभाव सामना गरिरहेका हुनाले व्याजदर वढाएर निक्षेप तान्ने क्रम जारी राखेका छन् । हाल बाणिज्य बैंकहरुले पनि विकास बैंक सरह व्याज दिन थालेपछि विकास बैंकले निक्षेप तान्नका लागि व्याजदर वढाउने अवस्थामा पुगेका हुन् । विकास बैंकहरुले व्याज दर वढाउनु पर्ने अवस्था आएको हुनाले वित्तीय प्रणालीको व्याजदर अझै वढ्न सक्ने डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष भरतराज ढकालले बताए । “बाणिज्य बैंक र विकास बैंकको व्याजदर बरावर भएको हुनाले निक्षेप तान्न विकास बैंकले वढाउनु पर्ने अवस्था आएको हो” ढकालले भने ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुसम्ममा मुद्दती निक्षेपमा ५ देखि ८ प्रतिशतसम्म व्याजदर दिएका बैंकले हाल १४.५ प्रतिशतसम्म दिन थालेका छन् । बैंक वित्तीय संस्थाले वढाएको व्याजदरले मुद्रास्फितीमा असर वढाउछ । बैंकको ऋणमा बस्तु उत्पादन गर्ने कम्पनीले कर्जा लिएमा व्याजदरको बोझ सर्वसाधारणमा स्थान्तरण गर्ने भएकाले महंगी वढ्ने देखिन्छ । वित्तीय क्षेत्रको व्याजदर वढेको खण्डमा लगानीमा समेत असर हुने भएकाले आन्तरिक उत्पादनमा समेत असर गर्छ ।

पछिल्लो समयमा वित्तीय प्रणालीको व्यजदर अनावश्यक रुपमा वढेको महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्ययले बताए । वित्तीय प्रणालीको व्याजदर नियन्त्रण गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउनु पर्ने उनको तर्क छ । वित्तीय क्षेत्रको व्याजदरको समस्यालाई मानव जिवनको उच्च रक्तचापको रोगसंग तुलना गर्दै उपाध्ययले भने, “उच्च रक्तचापले शरीरका अन्य अंगमा असर गर्ने भएकाले व्याजदरको उच्च वृद्धिले अर्थतन्त्र नै प्रभावित हुन लागेको छ ।”

Logo