केन्द्रबिन्दु संवाददाता । २९ असार, काठमाडौं ।
व्यवस्थापिका संसदको विहिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट पारित गरेको छ ।
व्यवस्थापिका संसदको विहिबार बसेको बैठकले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बार्षिक बजेट बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट पारित गर्नुपर्ने प्रस्ताव पेश गर्नु भएको थियो ।
सोही प्रस्ताव बहुमतले पारित भएको हो । तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले जेठ १५ गते बजेट पेश गर्नु भएको थियो । आगामी आर्थिक वर्षको बजेट पारित भएसँगै साउनबाट त्यसको कार्यान्वयन हुने बाटो खुलेको छ ।































प्रतिक्रिया