रञ्जना ट्रेड सेन्टरका सटरधनीहरु संगठित

रञ्जना ट्रेड सेन्टरका सटरधनीहरु संगठित

केन्द्रबिन्दु
0
Shares

न्यूरोडको रञ्जना ट्रेड सेन्टरका सटरधनीहरु संगठित भएका छन् । व्यवस्थापन पक्ष, व्यवसायी र सटरधनीबीच समन्वयन गर्नका लागि रञ्जना सटरधनी संघ गठन गरिएको छ ।  

विभिन्न समस्याहरुलाई समाधन गर्नका लागि कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । सटरधनीहरुको माघ २४ गते सम्पन्न पहिलो बृहत भेलाले त्रिपक्षिय समन्वयन गर्ने र एक आपसमा व्यवसायिक वातावरण निर्माण गर्ने हेतुले समिति गठन गरेको अध्यक्ष कृष्णप्रसाद पराजुलीले बताए ।

समितिमा भूषण राजलवट उपाध्यक्ष, विनयकुमार अग्रवाल सचिव, अमोद श्रेष्ठ कोषाध्यक्ष तथा माधवप्रसाद तिमिल्सिना सहकोषाध्यक्ष रहेका छन् । यसैगरी सदस्यहरुमा अजयकुमार मजेठिया, शुलभ श्रेष्ठ, गंगाबहादुर घिमिरे, राधेश्याम दाहाल, माधव चौलागाईं, मुफीज उद्यीन, रेजा शाह, उमा उप्रेती खरेल र आशा मिण्डा सर्बसम्मत रहेका छन् ।

संघले वर्तमान अवस्थामा खुम्चिएको अर्थतन्त्रलाई सक्रिय बनाउनका लागि विभिन्न योजनाहरु तर्जुमा गरी विभिन्न पक्षसँग समन्वयन गर्ने भएको छ । व्यवसायिक केन्द्रका रुपमा रहेको न्यूरोड कोभिडका कारण पूर्ण सक्रिय हुन नसकिरहेका बेला रञ्जना ट्रेड सेन्टरका सटरधनीहरुले रञ्जना सटरधनी संघ गठन गरेका हुन् ।

Logo