नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो ।
प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई यसअघि गत कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।































प्रतिक्रिया