सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।
बैंकका यस अघिका सीइओ जनक शर्मा पौडेलले राजीनामा गरेसँगै सीइओको पद खाली भएको थियो ।
अहिले नियुक्त भएका शर्मा यसअघि माछापुच्छ्रे बैंकको सीइओ रहेका थिए । शर्माले माछापुच्छ्रे बैंकमा २३ महिनासम्म सीइओको जिम्मेवारी सम्हालेका थिए ।
माछापुच्छ्रेमा भन्दा पहिला ग्लोबल आइएमई र एनएमबी बैंकमा विभिन्न तहमा रहेर काम गरेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको २४ वर्षको अनुभव छ ।





























प्रतिक्रिया