नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर बजारमा सूचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर बजारमा सूचिकृत, कति तोकियो सुरुवाती रेन्ज ?

केन्द्रबिन्दु
0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ शेयर बजारमा सूचीकृत भएको छ । बिहिबार कम्पनीले २० करोड कित्ता साधारण शेयर बजारमा सूचीकृत गरेको हो ।  नेप्से र बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा शेयर कारोबार हुने भएको छ । इन्फ्रास्ट्रक्चर बैंकको आरटिजिएसको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।  

बैंकको पहिलो कारोबार मूल्य ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्म तोकिएको छ । आइपिओ भर्ने जति सबैले ५० वा ६० कित्ता शेयर पाएका छन् । शेयर सूचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुनेछ । कम्पनीको निफ्रा सिम्बलबाट कारोबार हुनेछ ।  

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले  एक सय रुपैयाँ अंकितदरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।  नेपाली पूँजीबजारमा आएको यो नै हालसम्मकै ठूलो आईपिओ हो ।

Logo