नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल स्टक एक्सचेञ्जमा पहिलो कारोबार गरेको छ। बैंकको शेयर माघ ३० गते नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो ।
पहिलो कारोबार बैंकको प्रतिकित्ता ३४० रुपैंयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको हो । पहिलो कारोबारको लागि नेप्सेले ११३ रुपैयाँ ६२ पैसादेखि ३४० रुपैयाँ ८६ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो ।
बिहिबार कम्पनीले २० करोड कित्ता साधारण शेयर बजारमा सूचीकृत गरेको हो । नेप्से र बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा शेयर कारोबार भएको छ । इन्फ्रास्ट्रक्चर बैंकको आरटिजिएसको जिम्मा ग्लोबल आइएमई क्यापिटलले लिएको छ ।
यस बैंकको आइपिओ भर्ने जति सबैले ५० देखि ६० कित्ता शेयर पाएका छन् । शेयर सूचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु भएको हो ।
बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैंयाँ अंकितदरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो । जसमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पूँजीबजारमा आएको यो नै हालसम्मकै ठूलो आईपिओ हो ।





























प्रतिक्रिया