८ महिनायताकै सस्तो सुनकाे भाउ

८ महिनायताकै सस्तो सुनकाे भाउ

केन्द्रबिन्दु
0
Shares

सुनकाे मूल्य लगातार घट्दा ९० हजारमन्दा तल झरेकाे छ । यो मूल्य पछिल्लो आठ महिनायताकै सस्तो हाे । हिजो एकैदिन तोलामा ११ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले घटेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

असार ५ गतेपछि पहिलो पटक छापावाल सुनको भाउ प्रतितोला ९० हजारभन्दा तल झरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँ कायम भएकाे हाे ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँ कायम भएकाे छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ घटेर तोलामा १ हजार ३३५ रुपैयाँमा कायम भएकाे छ । 

Logo