प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढ्यो

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज कारोबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३० अंक बढेको छ ।

कारोबार सुरु भएपश्चात सो सेसनमा ३०.५९ अंक बढेर २६६७.२७ विन्दुमा पुगेको थियो भने यो समाचार तयार बनाउदाँसम्म केही अकंले घटेर २६४१.९१ विन्दुमा झरेको छ । सुरुमा सेन्सेटिभ इण्डेक्स पनि ३.७७ अंक बढेको छ ।

गत बिहीबार २५.२३ अंक बढेर २६३६.६८ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

आइतबार प्रि ओपन सेसनमा ५४ कम्पनीको १ करोड ६९ लाख ८९ हजार ९६२ रुपैयाँ बराबरको ३६ हजार १३९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसमध्ये ४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।

आज छैठौं दिन पनि निफ्राको सेयर नै उच्च अंकले बृद्धि भएको छ । आज पनि ९.८९ प्रतिशले बृद्धी भएको छ ।

Skip This
Skip This
Logo