साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । आइतबार ८९ हजारमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा भने आज प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ३५ रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





























प्रतिक्रिया