आज राष्ट्र बैंकले १० अर्ब बराबरको ऋणपत्र बोलकबोल गर्ने

आज राष्ट्र बैंकले १० अर्ब बराबरको ऋणपत्र बोलकबोल गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ ।  बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने राष्ट्र बैंकले जनाएकाे छ । 

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । 

केन्द्रीय बैंकले आज दिउँसो ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ । 

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड छुट्याइएको छ ।

Skip This
Skip This
Logo