१५ माघ २०७८ शनिबार
1
1
1

बैंकमा तरलता अभाव : ब्याज बढाउनका लागि ‘कार्टेलिङ’ मात्र !

1
1
1
1
1
1
1
1
1

कोरोना महामारीले करिब एक वर्षसम्म उद्योग–व्यवसाय ठप्प हुँदा अर्थतन्त्र चलायमान हुन सकेन। अर्थतन्त्र चलायमान हुन नपाउँदा मुलुकको आर्थिक गतिविधि  शिथिल बन्न पुग्यो।  

कोभिड–१९, महामारीका कारण सरकारले गरेको लकडाउन र असहज व्यवसायिक वातावरणले चैतदेखि असारसम्म ठप्पजस्तै रहेको कर्जा लगानीले बैंकहरूमा दुई खर्बभन्दा बढी तरलता भएको थियो।

पछिल्लो समय आर्थिक गतिविधिले गति लिन थालेपछि घरजग्गा तथा शेयर कर्जामा लगानी बढ्दै गएकाले बैंकहरूमा तरलता अभाव देखिन थालेको बैंकर्सहरूले बताउन थालेका छन्। केही बैंकर्सले भने तरलता अभाव नरहेको विचार राख्दै आएका छन्।

नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले कोरोना महामारीपछि सरकारले तीव्र रूपमा कर्जा विस्तार गरेर ठूलो मात्रामा आन्तरिक ऋण उठाइरहँदा सोही अनुपातमा निक्षेप नबढेकाले बैंकहरुमा तरलताको कमी देखिन थालेको बताएका छन् । बैंकहरूमा तरलता अभाव  भएमा ब्याजदर बढ्दै जाने उनको भनाइ छ।

उनका अनुसार पछिल्लो समय घरजग्गालगायत अन्य कर्जाको माग उच्च रहेको तथा सरकारले आन्तरिक ऋण उठाएकाले तरलता घट्दै गएको छ। उनले भने,‘मैले पहिले पनि चैत मसान्तसम्म बैंकमा रहेको ‘एक्सिस लिक्युडिटी’ घट्दै जान्छ र, बैंकहरूमा तरलताको चाप पर्नसक्ने भनेको थिएँ। अहिले बैंकिङ प्रणालीमा त्यसैको संकेत देखिएको छ।’

बैंकहरूले तरलताको बहाना बनाई कोरोनाको मारमा परेका व्यवसायीबाट निक्षेप उठाउन तथा लिँदै आएको ब्याजदर बढाउन खोजेको आरोप छ। बैंकहरुमा तरलता अभाव हल्ला मात्र रहेको उनीहरुको भनाइ छ।

पछिल्ला दुई महिनायता आयात, उद्योग व्यवसाय तथा अन्य कर्जामा लगानी बढ्दै गएकाले बाहिर हल्ला चलेजस्तो बैंकहरुमा तरलता नभएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए।

उनका अनुसार पछिल्लो समय १६ प्रतिशतभन्दा बढी ऋण बिस्तार हुँदा पनि बैंकहरूमा ६० अर्बभन्दा बढी तरलता रहेको छ। अहिले पनि बैंकहरुसँग कम्तीमा तीन खर्ब रुपैयाँ ऋण दिनसक्ने क्षमता रहेको शर्माको भनाइ  छ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा  सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अहिलेसम्म बैंकहरुमा तरलता अभावको संकेत नभएको बताएका छन्। उनका अनुसार अहिले पनि अन्तर बैंकको ब्याजदर ०.५ को हाराहारीमा रहेकाले तरलताको अभाव छैन।

बैंकहरुमा तरलता अभाव हुँदा अन्तर बैंकको ब्याजदर ६ देखि ७ प्रतिशतसम्म बढ्ने गर्दछ। तर, अहिले अन्तर बैंक ऋणको ब्याजदर ०.५ रहेकाले पनि तरलता अभाव छैन। उनले भने,‘सरकारले राजस्व उठाएर खर्च गर्न सकेन भने त्यति बेला बैंकहरूमा तरलता अभाव हुनसक्ला, नत्र वैशाखभन्दा अगाडि बैंकमा तरलता अभाव हुने देखिँदैन।’

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय बैंकहरूले व्यवसायीलाई ऋण बुझाउन दबाब दिइरहेको बताएका छन् । उनका अनुसार अहिले बैंकहरूले व्यवसायीलाई ऋण बुझाउनका लागि बारम्बार एसएमएस पठाउन थालेका छन्। 

अहिले बैंकहरुमा तरलता अभाव नभएको र पैसा प्रशस्त रहेको उनको भनाइ छ। अहिले नियामक निकाय तथा राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर नबढाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंकहरूको स्पेडदरमा कडाइ गर्दै आएको छ। तथापि, बैंकहरूले पैसा जम्मा गर्नेलाई बढी ब्याज दिएर लागत खर्च बढाउन खाजेका छन्। 

अहिले विस्तारै अर्थतन्त्र चलायमान हुँदै गएको अवस्थामा बैंकहरुले ब्याजदर बढाएपछि लागत बढेर  उद्योगबाट उत्पादन समेत घट्दै जाने श्रेष्ठले बताए। 

पछिल्लो समय बैंकमा ब्याजदर सस्तो हुँदै गएकाले लगानी बढाइरहेको  बैंकहरुले कार्टेलिङ गरेर ब्याजदर बढाउन संकेत गरेको उनको भनाइ छ। ‘अब यस्तो हुन नदिन नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्छ,’ उनले भने। 

नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म २ खर्ब अधिक तरलता रहेको थियो । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ६० अर्ब रुपैँयाँ लगानीयोग्य रकम रहेको छ।

प्रकाशित: २३ फागुन २०७७ १४:१५ आइतबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी