नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको हो ।
साताको पहिलो दिन आइतबार तोलामा ५०० ले वृद्धि भएको थियो । सोमबार भने १ सयले बढेको थियो। मंगलबार ६ सयले घटेको सुन, बुधबार ६ सयले नै बढेको हो ।
अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साता आइतबारदेखि बढ्न थालेको थियो।
आज छापावाला सुन तोलामा ८६ हजार २०० मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने आज १५ रुपैंयाँले बढेको छ। चाँदी तोलामा एक हजार २७० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया