नेपाल अटोमोवाईल्स एशोसिएसन (नाडा) ले ताप्लेजुङका आगलागी पीडितलाई सहयोग गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय टोलीले आज भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्तकुमार नेम्वाङ्गसँग भेटी नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको लागि जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङलाई सहयोग स्वरुप दुई लाख एक हजार रुपैंयाँको चेक हस्तान्तरण गरेको हो ।
नाडाका अध्यक्ष दुलालले ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको राहतको लागि नाडाको पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरि दुई लाख एक हजार रुपैयाँको चेक जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङको नाममा मन्त्री नेम्वाङलाई हस्तान्तरण गरेका हुन् ।
सोही क्रममा भौतिक, पूर्वाधार तथा यातातातमन्त्री नेम्वाङले देशमा परेको आपत् विपदको समयमा नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिएका थिए। साथै मन्त्री नेम्वाङले नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपेर प्रदेश सांसदमार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराएका थिए ।
कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्वय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती लगायतको उपस्थिति थियो।





























प्रतिक्रिया