उद्यमशीलता प्रवर्धन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

उद्यमशीलता प्रवर्धन गर्ने कार्यक्रम ल्याउन अध्यक्ष गोल्छाको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आर्थिक विकास समिति विस्तार भएको छ। समितिको सहसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन् ।

समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकी लगायत छन् ।

समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न सुझाव दिए। साथै उनले महासङ्घका तर्फबाट नेपाल सरकारमा केकस्तो सल्लाह सुझाव दिँदा आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउन सकिन्छ सो अनुसार समितिलाई क्रियाशील राख्नुपर्ने बताए।  

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न शुभकामना दिए।
    
समितिको बैठकले स्थानीय आर्थिक विकासका लागि केकस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषयको पहिचानका लागि छिट्टै एक कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।रासस

Skip This
Skip This
Logo