बैंकहरुको आधारदर घट्यो : राष्ट्र बैंक

बैंकहरुको आधारदर घट्यो : राष्ट्र बैंक

केन्द्रबिन्दु
0
Shares

अहिले सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर चालु आवको सात महिनामा ३.०५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.९४ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा ८.८९ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा निक्षेपको भारित औसत ब्याजदरसमेत १.९२ प्रतिशतले घटेको छ । गत आवको माघ मसान्तमा निक्षेपको औसत ब्याजदर ६.७८ प्रतिशत कायम रहेको थियो । चालु आवको सोही अवधिमा यस्तो ब्याजदर ४.८६ प्रतिशत कायम छ ।

यसैगरी सो अवधिमा वाणिज्य बैंकहरुको औसत आधारदर समेत २.४९ प्रतिशतले घटेको छ । गत वर्षको माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आधारदर ९.४५ प्रतिशत रहेको थियो । जुन चालु आवको सोही अवधिमा ६.९७ प्रतिशत कायम भएको छ । ०७६ माघमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ३.९१ प्रतिशत रहेकोमा ०७७ माघमा १.१३ प्रतिशत रहेको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको ३ खर्ब ६० अर्ब ८५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब २८ अर्ब ८० करोड रुपैयाँ गरि कुल ४ खर्ब ८९ अर्ब ६५ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १० खर्ब ५९ अर्ब ९ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १०० अर्ब ३७ करोड रुपैयाँ गरि कुल ११ खर्ब ५९ अर्ब ४६ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ०७६ माघमा ४.५९ प्रतिशत रहेकोमा ०७७ माघमा ०.५८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको सञ्चालन लक्ष्यका रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर ०७७ माघमा ०.५९ प्रतिशत रहेको छ ।

Skip This
Skip This
Logo