साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज ५ सयले घटेको हो ।
यस हप्ता आइतबार सुन प्रतितोला ४ सयले बढेको थियो। सोमबार पनि सोही मूल्यमा कारोबार भएको सुनको मूल्यमा मंगलबार पनि हेरफेर भएन। यस्तै बुधबार ३ सयले बढ्यो भने बिहीबार पनि ३ सयले नै बढेको थियो।
सुनको मूल्य अघिल्लो साता लगातार उतारचढाव भएको थियो । आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने आज १५ रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २७५ मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया