बास्किन रोबिन्स आइसक्रिमको शाखा काठमाडौँको उत्तरढोकामा पनि सञ्चालनमा आएको छ । नेपालको प्रतिष्ठित व्यवसायीक घराना ज्योति समूहले सन इन्टरनेशनल इंक प्राइभेट लिमिटेडसँग सम्बद्ध बास्किन रोबिन आइसक्रिमको आउटलेट शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
अब बास्किन रोबिन्स आइसक्रिमका १६ भन्दाबढी आउटलेटहरु नेपालका ११ सिटीमा पाइने भएको छ । काठमाडौंको उत्तरढोकामा आउटलेट शुभारम्भ गर्दै सन इन्टरनेशनल इंक प्रालिका अध्यक्ष तथा ज्योति गु्रपका निर्देशक सौरभ ज्योतिले नेपालका ग्राहकहरुलाई सबैभन्दा राम्रो मिठाइको विकल्पका रुपमा बास्किन रोबिन्स रहेको बताए।
उनका अनुसार ज्योति समूहले सन् २०१७ देखि एफएमसीजी व्यवसायमा सन इन्टरनेशनल इन्कर्पोरेटेडसँगको सहकार्यमा बास्किन रोबिन्स आइसक्रिमसहित नेपालका विभिन्न सहरहरुमा व्यवसाय विस्तार गर्दै आएको छ । बास्किन रोबिन्स आइसक्रिम ब्राण्डमध्ये नेपाली ग्राहकलाई गुणस्तरिय सामान उपलब्ध गराउने अहिलेसम्म ज्योति समूह मात्रै रहेको सौरभ बताउँछन् ।
एफएमसीजीले बास्किन रोबिन्स ब्रान्डलाई सफल बनाउन रिटेल उद्योग बनाउने लक्ष्य लिएको छ । विश्वमा सबैभन्दा बढीले रुचाएको आइसक्रिम ब्रान्ड बास्किन रोबिन्स नै हो।
उत्तरढोकामा बास्किन रोबिन्सका ३१ प्रकारका स्वादहरू पाइन्छन् । बास्किन रोबिन्सका ६३ भन्दा बढी देशमा ७ हजार बढी रिटेल आइसक्रिम विशेष स्टोरहरू रहेका छन्।





























प्रतिक्रिया