नेपाल लघुवित्त बैंकस संघको साधारणसभा

नेपाल लघुवित्त बैंकस संघको साधारणसभा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल लघुवित्त बैंकस संघले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ । जुम मार्फत गरिएको सो साधारणसभाको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।

संघका अध्यक्ष वसन्त लस्सालको अध्यक्षतामा भएको सो सभाको बन्द सत्रले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन र २०७६/७७ को वार्षिक कार्यक्रम तथा बजेट छलफलसहित पारित गरेको छ ।

सो कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय देवकुमार ढकाल र डा.प्रकाशकुमार श्रेष्ठ, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल लघुवित्त संघका अध्यक्ष जगतबहादुर पोखरेल लगायतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo