आइएमई ग्रुपद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

आइएमई ग्रुपद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले उर्लाबारी नगरपालिकामै पहिलोपटक सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच ग्रुपले नेशनल  फायर सेफ र आइएमई मोटर्सको संयूक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्गबहादुर फागो, उप प्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारी साथै पत्रकारहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीद्वारा एक थान दमकल हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुविधा सम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलोपटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । साथै  आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास उनको छ । दमकलले आफ्नो नगरपालिकासहित अन्यत्र जहाँ आगलागी भए पनि जति सक्दो छिटो पुगेर नियन्त्रणको लागि प्रभावकारी कार्य गर्ने प्रतिबद्धता समेत जनाएको  छ । खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई नगरप्रमुख फागोले निर्देशन समेत दिएका छन् ।

Logo