आइतबार ६३ अंकले बढेको शेयर बजार आज दोहोरो अंकले घट्यो

आइतबार ६३ अंकले बढेको शेयर बजार आज दोहोरो अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

आइतबार उच्च अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ अंकमा कायम भएको हो । आइतबार ६३ अंकले बढेको थियो ।

सोमबार २११ वटा कम्पनीको एक करोड नौ लाख ३१ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट पाँच अर्ब ३५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज होटल तथा पर्यटन समूह १०४.९७ अंक र जलविद्युत समूह १०१.७३ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकहरु घटेको छ।

Skip This
Skip This
Logo