नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसम्म ३० अर्ब बढीको व्यापार गरेको छ । त्यस्तै २६७ जना अभिकर्ता एमडीआरटी कल्वमा गएका छन् । कम्पनीका लागि वार्षिक १० लाख अमेरिकी डलर वा वार्षिक ११ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अभिकर्ताहरु एमडीआरटी क्लवमा जान पाउँछन् ।
कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दी टेवल र ९ जना टप अफ दी टेवल गरी २६७ जना अभिकर्ताहरु एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएको कम्पनीले जनाएको छ । ती अधिकर्ताहरुले नेपाल लाइफलाई एक वर्षमा करिब ३० अर्ब रुपैयाँको व्यापार (बीमा शुल्क) दिलाएका छन् ।
नेपाल लाइफले शुक्रबार एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान समेत गरेको थियाे । विश्वका अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडीआरटी)मा सहभागी हुन योग्य भएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । उनले अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।































प्रतिक्रिया