काठमाडौं ।
कोरोना महामारीकै बीचमा नेपालीहरुका महान चार्ड दशैं, तिहार, छठ नजिकिंदै आएका छन् । बजारमा विगतका वर्ष भन्दा केही रौनक कम भएको छ । तर पनि किनमेल गर्नेहरुको भिड देखिन थालेको छ । दशैं, तिहारको अवसरमा विभिन्न कम्पनीहरुले सामानमा छुटको व्यवस्था गर्ने गरेका छन् । ग्राहकहरु तान्नका लागि भए पनि पहिलेको भन्दा चाडपर्वको अवसरमा सामान खरिद गर्दा छुटको व्यवस्था गर्ने गरेका छन् ।
यसरी दशैं, तिहार नजिकिँदै गर्दा विभिन्न कम्पनीहरुले घरायसी सामग्रीहरूमा छुट अफर सार्वजनिक गरेका छन् । पहिलेका वर्षझैं यस वर्ष पनि विभिन्न कम्पनीले घरायसी सामग्रीमा छुटको अफर ल्याएका छन् । मानिसहरुले दशैं, तिहारमा नयाँ नयाँ घरायसी सामान जोड्ने गर्दछन् । दशैं, तिहारमा नै रमाइलो तथा घर सजाउने नयाँ सामान जोड्ने नेपालीहरुको प्रचलन रहेको छ ।
यसरी दशैं, तिहारमा यस्ता सामानको व्यापार बढ्ने भएकाले पनि विभिन्न कम्पनीहरुले दशैं छुटको अफर सार्वजनिक गरेका छन् । बजारमा अहिले घरमा चाहिने सम्पूर्ण सामग्रीमा विभिन्न कम्पनीले एलइडी टिभी, फ्यान, रेफ्रिजेरेटर, वासिङमेसिन, कुलर लगायतका विद्युतिय सामग्रीहरुमा छुटसहित नयाँ–नयाँ मोडलका सामान सार्वजनिक गरिरहेका छन् । यसरी दशैं अफर सार्वजनिक गर्दै ग्राहकहरुले विभिन्न कम्पनीको सामान खरिद गर्दा विशेष छुट पाउने कम्पनीहरूले जनाएका छन् । कुन कम्पनीको कस्तो अफर ? भिडियाे :





























प्रतिक्रिया