बढ्यो सुनको मूल्य, कति छ आज ?

बढ्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन २ सयले बढेको हो। आइतबार सुनको मूल्य स्थिर रहेको थियो ।

गत हप्ता आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको थियो। यस्तै बिहीबार सुनको मूल्य २ सयले बढेको थियो भने शुक्रबार ६ सयले घटेको थियो। 

आज छापावाला सुनको प्रतितोला ८६ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार २२५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo