शेयर बजार परिसूचक नेप्से आज ४३ अङ्कभन्दा धेरैले बढेको छ। नेप्से ४३ दशमलव ३६ अङ्कले बढेर २६ सय १९ दशमलव शून्य दुई विन्दुमा पुगेको छ ।
आज बैंकिङ समूहको शेयर झण्डै ४१ अङ्कले बढेको छ। यस्तै विकास बैंकको ४३ अङ्कले, होटल र पर्यटनको ६३ अङ्कले, जलविद्युतको ३५, फाइनान्सको ९, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको १६८, निर्जीवन बीमा समूहको ३४९, उत्पादनको ३१, अन्यको २५ र लगानी समूहको शेयर झण्डै २ अङ्कले बढेको छ।
आज २०९ कम्पनीका १ करोड १२ लाख २८ हजार कित्ता शेयर ६ अर्ब १६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन्।





























प्रतिक्रिया