डिशहोमले नेपालीहरुको विभिन्न उत्सवहरुलाई मध्यनजर गर्दै ‘खुशीको उडान’ योजना सुरु गरेको छ ।
आफ्ना सक्रिय ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ यस योजना अघि सारेको हो । यस योजनाले हरेक सक्रिय ग्राहकहरुलाई हरेक बिहीबार खास उत्साह र खुशी प्रदान गर्नेछ ।
योजनाअन्तर्गत हरेक हप्ताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नुपर्नेछ । साथै इ–वालेट एप्स र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु योजनामा सहभागी हुन सक्नेछन् । लक्की ड्रको घोषणा हरेक बिहीबार हुनेछ ।































प्रतिक्रिया