दशैंमा भर्चुअल टिका र डिजिटल दक्षिणा : कुन सेवा प्रदायककाे कस्ताे अफर ?

दशैंमा भर्चुअल टिका र डिजिटल दक्षिणा : कुन सेवा प्रदायककाे कस्ताे अफर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विगतका वर्षहरुको भन्दा यस वर्षको दशैं फरक हुने भएको छ। किनकी विगत ८ महिनादेखि कोरोना महामारीले शिथिल बनाएको छ । कुनै पनि सामाजिक, आर्थिक, साँस्कृतिक तथा व्यवसायीक क्षेत्रमा समेत दशैंको रौनक छाएको छैन ।

दशैं लाग्नु भन्दा एक महिनादेखि सबैतिर रमझम हुने गरेको थियो । तर अहिले कतै रमझम र रौनकता छाएको छैन । बरु उल्टो कोरोना भाइरसको संक्रमण हुने हो कि भनेर सबैलाई डर त्रास पैदा भएको छ।

हुन पनि पछिल्लो समय कोरोना संक्रमण दर देशको राजधानी सबैभन्दा धेरै जनधनत्व भएको काठमाडौं केन्द्रीकृत भएको र संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यसले गर्दा यसपालिको दशैं कतै दशा बन्ने त होइन भन्ने शंका लाग्न थालेको छ। यता सरकारले पनि दशैं मनाउन गाउँघर नजान आव्हान बारम्बार गरिरहेको छ । हुन त विगतका वर्षहरुमा दशैं मनाउनका लागि दैनिक लाखौंले काठमाडौं उपत्यका छाड्ने गरेका थिए । तर अहिले त्यस्तो अवस्था रहेको छैन् । अहिले धेरै जसो लकडाउनको बेलामा गाउँ गएका मानिसहरू काठमाडौं फर्केका छैनन् । त्यसैले पनि दशैंमा गाउँघर जानेको सङ्ख्या कमि भएको छ।

कोरोना महामारीले गर्दा यो वर्षको दशैं शहरदेखि गाउँसम्म नै खल्लो हुने देखिएको छ भने शहरबाट मानिसहरू गाउँ जाँदा कोरोना पनि जाने डर पनि रहेको छ । त्यसैले सरकारले पनि यस वर्षको दशैं जो जहाँ जुन अवस्थामा छौं, त्यहिँ सोही अवस्थामा बसेर मनाउन नागरिकलाई आग्रह गर्दै आएको छ । यतिबेला नेपाल मात्रै नभएर विश्व नै यो महामारीको चपेटामा परिरहेको छ। त्यसैले पनि हामी सबैले सचेत भएर चाडपर्व मनाउनु पर्ने भएको छ।

दशैं नेपालीहरुको महानपर्व हो । नेपालीहरुले परिवारबाट टाढा रहेका तथा आफन्तजनहरुसँगै बसेर खुशी साटासाट गर्ने र मिठान्न भोजन एवम् आफूभन्दा ठूलाको हातबाट टीका लगाउने गरिन्छ । दशैंमा हिन्दुधर्मावलम्बीहरुले शक्तिपीठहरुमा पशुहरुको बलि पनि दिने प्रचलन छ।

विगत देखिनै साँस्कृतिक तथा सामाजिक परम्परागत रुपमा चलिआएको पर्व दशैं समय अनुसार परिवर्तन हुँदै गएको छ। परम्परागतरुपमा मनाउँदै आएको दशैं त्यतिबेलाको एउटा महत्वपूर्ण डिपार्चर रहेको थियो । आजका यी पुस्ताले त्यो समयका कुरा गर्दा अचम्म मान्ने गर्छन् । समय पनि परिवर्तनशील रहेकाले परिवर्तन भईरहन्छ । हामी पनि यो परिवर्तनशील समय अनुसार नै चल्नु पर्ने हुन्छ ।

विश्वमा अहिले पनि विभिन्न आधुनिक प्रविधिको विकास भएको छ। हामीले अब यहि आधुनिक र प्रविधिको प्रयोग गर्दै अगाडि बढ्नु पर्ने भएको छ। विगतका डिपार्चरलाई सम्झँदै अब कोरोनाले अर्को डिपार्चर ल्याईदिएको छ त्यो हो, भर्चुअल टीकाः डिजिटल दक्षिणा ।

कोरोना महामारीले समस्या मात्रै ल्याएको छैन । अवसर र चुनौतीहरु दुवै ल्याएको छ । अब हामीले यी दुबै अवसर र चुनौतीको सामना गर्नु पर्ने भएको छ । यहि अवसरमा परम्परागत रुपमा गर्दै आएको व्यापार व्यवसाय समेत परिवर्तन गरेर डिजिटल माध्यम अर्थात् अनलाइनतर्फ जानू पर्ने भएको छ । कोरोनाले कतिपय व्यवसाय धरासायी बनेका छन् भने अहिले केही व्यवसाय फस्टाउदै गएका छन् । अहिले अनलाइन तथा डिजिटल कारोबार गर्ने व्यवसाय फस्टाएका छन् ।

अहिले कोरोना महामारीकै बीचमा आएको चाडपर्वको यहि डिपार्चरलाई धेरैले व्यवसाय विस्तारको अवसरका रुपमा उपयोग गर्न तातेका छन् , गरिरहेका छन् । जस्तो अहिले बिशेष गरेर दशैंको अवसरमा डिजिटल पेमेन्ट सर्भिस प्रदायकहरुले विभिन्न अफर योजना अगाडि बढाएका छन् ।

जस्तै, डिजिटल पेमेन्ट सर्भिस दिंदै आएका ईसेवा, आइएमई पे, प्रभु पे, सेल पे, खल्ती लगायतका सबै जसो डिजिटल पेमेन्ट सेवा प्रदायकहरुले दशैं अफर ल्याएका छन् । त्यस बाहेक कनेक्ट आइपीएसबाट पनि दशैंमा दक्षिणा दिन र लिन सकिने भएको छ।

सरकारले नै सार्वजनिकरुपमा नै सबै नागरिकहरुलाई कोरोनासँग जोगिनका लागि यथास्थानमै दशैं मनाउने अवस्था निर्माण गर्न भनेको छ । त्यहि अनुसार पनि अवस्था यहि नै बन्दै गएको छ । तर पनि दशैंमा गाउँ घर जान नपाए पनि तथा जान नचाहे पनि दशैं मनाउनका लागि अहिले प्रविधिले भर्चुअल दशैं (टीका) लगाउने सुविधा दिएको छ ।

अब सवाल आउँछ भर्चुअल टिका लगाएपछि दक्षिणा कसरी लिने र दिने भन्ने कुरा । अब त्यसमा पनि कुनै चिन्ता रहेन । यसको लागि पनि डिजिटल माध्यम तयारी अवस्थामा रहेका छन् । डिजिटल पेमेन्ट बाहेक विभिन्न बैंकहरुले समेत डिजिटलमार्फत दक्षिणा दिन सकिने भएको छ।

त्यस्तै, विगतदेखि नै नेपाल राष्ट्र बैंकले विद्युतिय माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्दै आएको छ । अझ कोरोना महामारी पछि त अझ डिजिटल कारोबार बढाउन बैंकहरुलाई आग्रह गर्दै आएको छ । यसरी यस वर्षको दशैंमा टिका भर्चुअल माध्यममा लगाएर डिजिटल दक्षिणा लिनका लागि राष्ट्र बैंकले प्रोत्साहन गरेको छ। राष्ट्र बैंकले डिजिटल पेमेन्टका सेवा प्रदायकहरुलाई बजार विस्तारका लागि सहजीकरण गरिरहेको जनाएको छ ।

कुन डिजिटल पेमेन्टले कस्तो अफर ?

प्रभु पेले दशैंलाई बजार विस्तारको उपयुक्त माध्यमका रुपमा लिदै भर्चुअल टिका लगाएपछि नगदमा दक्षिणा दिने कुरालाई उपयोग गर्न सकिने बताएको छ । प्रभु पेले दशैंमा नयाँ रजिष्ट्रेशन गर्नेलाई ३० रुपैयाँ र अरुलाई रिफर गर्दा पनि ३० रुपैयाँ दिने अफर अघि सारेको छ । त्यस बाहेक अनलाइन सपिङको पेमेन्ट गर्दा १० प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।

ईसेवाले पनि दशैंका लागि विशेष अफरहरु ल्याएको छ । जसबाट उपभोक्ताले हरेक हप्ता मोटरसाइकल उपहार पाउने सम्मका अफर रहेका छन् । आइएमई पेले पनि दशैंमा रिचार्ज र खरिद बिक्रीमा छुट तथा क्यासब्याक अफर दिएको छ ।

त्यस्तै, खल्तीले नेपाल टेलिकमको रिचार्ज गर्दा २ प्रतिशत क्यास ब्याक र १० प्रतिशत बोनस दिने योजना ल्याएको छ । सेल पेले पनि दशैंमा आफ्नो गेटवेबाट भुक्तानी गर्नेहरुलाई १० प्रतिशतसम्म्मको क्यासब्याकसहितको योजना अघि सारेको छ ।

यसरी डिजिटल पेमेन्ट गर्ने सेवा प्रदायकहरुले दशैंका लागि अफरहरु घोषणा गरेका छन् । यी बाहेक अन्य बैंकहरुले पनि भर्चुअल टीका र दक्षिणा दिन सकिने व्यवस्था गरेका छन् ।

Logo