निगमले बढायो इन्धनको मूल्य, के मा कति बढ्यो?

निगमले बढायो इन्धनको मूल्य, के मा कति बढ्यो?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ। भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको निगमले जनाएको छ। 

अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ। यता खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाए अनुसार मूल्य बढाउँदा पनि निगमलाई मासिक १ अर्ब ७६ करोड घाटा छ। 

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा छ।

एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख बराबरको घाटा भइरहेको छ। घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ। भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो छ।

Logo