काठमाडौं ।
नेपाली बजारमा आज सुचाँदीको भाउ स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो ।
आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ तोकिएको र आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १ हजार २ सय रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।































प्रतिक्रिया