२० मंसिर २०७८ सोमबार

भम्केनी धामलाई धार्मिक सर्किट बनाउन छलफल सुरु

महेन्द्रनगर । एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भम्केनी धामलाई अन्य धार्मिक पर्यटकीय क्षेत्रसँग जोडेर धार्मिक सर्किट बनाउन छलफल सुरु गरिएको छ । सिद्धनाथ बैजनाथ धार्मिक तपस्थली विकास समितिले भम्केनीलाई भीमदत्त नगरपालिका वडा नं. १, ३, ७, ८, ९, १०, ५, ६ र ४ नम्बरका धार्मिक क्षेत्रसँग जोड्नका लागि सर्किट बनाउन छलफल अघि सुरु गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा भम्केनी धाममा उत्तरी क्षेत्रका सबै धार्मिक मठ मन्दिर समितिका पदाधिकारी, पूजारी र जनप्रतिनिधिसंग कार्यक्तम गरी धार्मिक पर्यटकीय सर्किटका लागि बृहत भेला गरी समिति गठन गर्ने निर्णय गरिएको छ ।

नेपालका प्रथम जगद्गुरु बाल सन्त मोहनशरण देबाचार्यको अगुवाईमा स्थापना गरिएको भम्केनी धामलाई सरकारले केही महिना अघि सय पर्यटन गन्तव्यमा सूचीकृत गरेको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले नगर क्षेत्रभित्रका सबै धार्मिक पर्यटकीय क्षेत्र एक आपशमा जोडेर धार्मिक पर्यटन प्रवद्र्धनका लागि धार्मिक सर्किट बनाउन नगरपालिका सहयोग गर्न तयार भएको बताए ।

रौटेलादेखि ब्रह्मदेबसम्मका धार्मिक पर्यटकीय क्षेत्र एक आपशमा जोड्नका लागि जैविक धार्मिक मार्ग निर्माण गरिएको उल्लेख गर्दै धार्मिक सर्किटबाट भम्केनी सहित अन्य क्षेत्रका धार्मिक पर्यटकीय स्थल जोडिएर पर्यटन प्रवद्धनमा टेवा पुग्ने उनको भनाई थियो ।

नगर प्रमुख विष्टले भम्केनी धामको विकासका लागि गुरु योजना निर्माण गरिएकाले त्यसका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) बनाउन समितिलाई आग्रह गरे । ‘डीपीआर बनेपछि त्यसका संघ, प्रदेश सहित दातृ निकायमा पेश गरी स्रोत जुटाउन सकिन्छ’ उनले भने,‘डीपीआरको आधारमा सहयोगका लागि प्रस्ताव पेश गर्ने हो ।’

बाराकुण्डा, विष्णु मन्दिर धाम साकेतधाम, भम्केनी धाम, झिलमिला ताल र सिद्धनाथ मन्दिर लगायतका उत्तरी क्षेत्रका धार्मिक क्षेत्रको विकास र संरक्षणका लागि नगरपालिकाले पूर्वाधार निर्माण लगायतका कार्यलाई प्रथामिकता दिएको बताए । भम्केनी धाममा निर्माण सुरु गरिएको नेपाल आमाको मूर्तिका लागि नगर प्रमुख विष्टले एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रकाशित: ४ बैशाख २०७६ १२:३६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी